काठमाडौं– सिरहाको मिर्चैयामा बिहीबार प्रदर्शन गर्दै नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले दर्जनौँ राउण्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ । उनीहरूले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा झडप भएको हो । प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको बनेको प्रहरीले जानकारी दिएको छ । आक्रोशित स्थानीयले नगरपालिका कार्यालय तोडफोड गरिदिएका छन् ।
उनीहरूले मेयर श्रवणकुमार यादव चढ्ने सवारी साधन पनि तोडफोड गरेका छन् । झडपका क्रममा १५–२० जना प्रदर्शनकारी घाइते भएको स्थानीय हरिकिशोर साहले जानकारी दिएका छन् । नगरपालिकाभित्र रहेका रहेका मेयर यादवका मान्छेहरूले आफूहरूमाथि ढुंगामुढा गरेको पनि स्थानीय अगुवा साहले आरोप लगाए । यता, सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इबालिम्बुले पाँच सुरक्षाकर्मी घाइते भएको जानकारी दिएका छन् ।
परापूर्वदेखि बस्दै आएका स्थानीयको घर तोडफोड गरेको, मनोमानी तरिकाले नगरपालिका चलाएको, आफ्नो आसेपासेको नाममा पोखरीको जमिन कित्ताकाट गर्न लगाएकोलगायत आरोप लगाउँदै मिर्चैया बजारका स्थानीयवासीले केही दिनदेखि निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
सिरहाको मिर्चैयामा स्थानीयवासी र प्रहरीबीच झडप

प्रतिक्रिया दिनुहोस्