शिक्षामा राज्यको खर्च बढिरहँदा सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या घट्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं– एकातिर शिक्षामा राज्यको खर्च बढिरहेको छ भने अर्कातिर सामुदायिक विद्यालयबाट विद्यार्थीहरु संख्या भने घटिरहेको छ । पछिल्लो ५ वर्षको तथ्यांकअनुसार सामुदायिकमा १० लाख विद्यार्थी कम भएको तथ्याङ्क रहेको छ । निजी विद्यालयमा भने भर्नादर तिब्र विद्धि भैरहेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार आधारभूत तह अर्थात् कक्षा १–८ मा सामुदायिकतर्फ २०७४ मा ४८ लाख ५७ हजार विद्यार्थी भर्ना भएका थिए भने गत वर्ष ३८ लाख ७९ हजारमात्रै भर्ना भएका छन् । उता, पाँच वर्षअघि निजीमा ९ लाख ८० हजार भर्ना भएका थिए भने २०७८ मा भर्ना हुनेको संख्या १४ लाख ४६ हजार पुगेको छ ।
गत वर्ष सामुदायिक तथा निजी विद्यालय भर्ना हुनेको संख्यामा ९ प्रतिशतले कमी आएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । आधारभूत तहका कुल विद्यार्थीमध्ये ७३ प्रतिशत सामुदायिक र २७ प्रतिशत निजीमा अध्ययन गर्छन् । ५ वर्षअघिसम्म ८० प्रतिशत विद्यार्थी सामुदायिक र २० प्रतिशत निजीमा रहेका छन् ।
सरकारले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिँदै आएको छ । निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, सेनेटरी प्याड, छात्रवृत्ति, इन्टरनेट सुविधालगायत थुप्रै कार्यक्रम लागू गरिएको छ । सरकारीले विद्यार्थीलाई सबै सुविधा दिदा पनि विद्यार्थीको आकर्षण घटेको महालेखा परीक्षकको निष्कर्ष छ ।
थरीथरी कार्यक्रम लागू गरे पनि सामुदायिकको शैक्षिकस्तर सुधारमा सरकार गम्भीर देखिएको छैन । २७ हजार ८ सय सामुदायिक विद्यालयमध्ये ४ सय २२ मा मात्र नमुना विद्यालय कार्यक्रम सञ्चालन गरिएको छ । यी विद्यालयले मात्र पुस्तकालय, प्रयोगशाला, भवन, आवासीय सुविधा, खेल मैदान, घेराबारा, बगैंचा, खानेपानी र सरसफाइका लागि अनुदान पाउँछन् । यसरी देशका साढे एक प्रतिशत विद्यालयले मात्रै यस्ता कार्यक्रमका लागि सुविधा पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array