काठमाडौं– दाङको घोराही उपमहानगरपालिका–१२ रतनपुरकी ४० वर्षीया महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकका श्रीमान मेघराज केसी भने फरार रहेका छन् । उनले हत्या पछि श्रीमतीको शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
४० वर्षीया महिलाको शव गाडेको अवस्थामा फेला

प्रतिक्रिया दिनुहोस्