सत्ता गठबन्धनले बारा २ मा चुनावीसभा आज गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौ– पाँचदलीय गठबन्धनले बारा २ को महागढीमाईस्थित बरियारपुरमा चुनावीसभा गर्ने कार्यक्रम तय भएको छ । गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको बारा २ मा आज (बिहीबार) चुनावी सभा गर्न लागेका हुन् ।
चुनावीसभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पाँचदलीय गठबन्धनको आयोजनामा हुने सभा बिहानको ११ बजे सुरु हुने छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्

TAGGED: