निजी विद्यालयमा बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन र भर्ना गर्ने व्यवस्थाको अन्त्य गर्नुपर्छ: सांसद उर्मिला माझी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं– बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्। सांसद माझीले बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी ३ वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न तर्फ पनि सरकारलाई सचेत गराएकि छन् ।
उनले शिक्षा नागरिकको मौलिक अधिकारको रूपमा संविधानमा उल्लेख गरिए पनि सो अनुसार निजी क्षेत्रको व्यवस्था गर्न सरकारले नसकेको भन्दै आपत्ति समेत जनाएकि छन् । सांसद माझीले भनिन्, ‘शिक्षा नागरिकको मौलिक अधिकारको रूपमा संविधानमा उल्लेख गरिएको छ । तर शिक्षा सहज र सम्मानजनक ढंगले बालबालिकाहरुले पाइरहेका छैनन्। महंगो र असमान शिक्षाका कारण भ्रष्टाचार मौलाइरहेको मात्रै छैन, कयौँ मानिसहरू गरिबीको खाडलमा जाकिँदै गइरहेका छ । तसर्थ निजी विद्यालयहरूमा प्रत्येक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गरियोस्। वर्षैपिच्छे नयाँनयाँ किताब फेर्ने कामको अन्त्य गरी न्यूनतम तीन वर्षमा किताब फेर्न पाउने व्यवस्था गरियोस भनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्

Array