वाणिज्य बैंकहरुले सम्भावित जोखिम व्यवस्थाका लागि १ खर्ब २४ अर्ब ५३ करोड छुट्याए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ बैशाख २०८०, बुधबार
3 Min Read
Aa

काठमाडौं– वाणिज्य बैंकहरुले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) का लागि छुट्याएको रकम एक वर्षको अवधिमा ३२.०९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको ८ महिनामा बैंकहरुले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम ९४ अर्ब २८ करोड २० रुपैयाँ थियो । चालू आवको सोही अवधिमा अर्थात् फागुन मसान्तसम्ममा यस्तो रकम ३२.०९ प्रतिशतले बढेर १ खर्ब २४ अर्ब ५३ करोड ७७ लाख ६० हजार रुपैयाँ पुगेको हो ।
बैंकहरुमा खराब कर्जा बढ्दै जाँदा बैंकहरुले १ खर्ब २४ अर्ब ५३ करोड ७७ लाख ६० हजार रुपैयाँ लोन लस प्रोभिजनका लागि छुट्याइएको जानकारी दिएको छ । बैंकहरुले प्रवाह गरेको कर्जा नउठ्ने समस्या लम्बिँदै गएको छ ।
खराब कर्जा बढ्दै जाँदा लोन लस प्रोभिजनका लागि २ वटा बैंकले १० अर्बभन्दा बढी रकम छुट्याएका छन् भने बाँकी १९ वटा बैंकको १० अर्बभन्दा कम रकम छुट्याएका छन् । सबैभन्दा बढी रकम नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सम्भावित जोखिमका लागि १३ अर्ब २ करोड रुपैयाँ छुट्याएको छ । यस्तै दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ११ अर्ब ३ करोड ४१ लाख रुपैयाँ छुट्याएको छ ।

यस्तै नबिल बैंकले ९ अर्ब ६९ करोड २२ लाख, कुमारी बैंकको ९ अर्ब २८ करोड ९५ लाख, हिमालयन बैंकले ७ अर्ब ९९ करोड, राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब ८७ करोड ४४ लाख, प्रभु बैंकले ७ अर्ब ५९ करोड ४४ लाख र कृषि विकास बैंकले ७ अर्ब २० करोड ७ लाख रुपैयाँ छुट्याएको छ । यस्तै नेपाल बैंकले ५ अर्ब ४७ करोड १७ लाख, एनएमबी बैंकले ५ अर्ब ३२ करोड ५३ लाख, सिद्धार्थ बैंकले ५ अर्ब २८ करोड ९१ लाख र प्राइम बैंकले ५ अर्ब १ करोड ९६ लाख रुपैयाँ छुट्याएको छ ।

त्यसैगरी एनआईसी एसिया बैंकले ४ अर्ब ६० करोड ४३ लाख, सिटिजन्स बैंकले ४ अर्ब १७ करोड ६१ लाख, सनराइज बैंकले ३ अर्ब ९४ करोड ३० लाख, लक्ष्मी बैंकले ३ अर्ब ३८ करोड ७८ लाख, सानिमा बैंकले २ अर्ब ८६ करोड ७१ लाख, माछापुच्छ्रे बैंकले २ अर्ब ८५ करोड ९९ लाख, नेपाल एसबीआई बैंकले २ अर्ब ७६ करोड ९३ लाख, एभरेस्ट बैंकले २ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ५ करोड २० लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: