उपनिर्वाचनको मौन अवधि बिहीबार भोलि राति १२ बजेबाट सुरु हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं– उपनिर्वाचनको मौन अवधि बिहीबार भोलि राति १२ बजेबाट सुरु हुने छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिएका छन् ।
“उपनिर्वाचनको प्रचारप्रसार बैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो,” उनले बाह्रखरीसँग भने । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्