निर्वाचन खर्च विवरण पेस नगर्ने उमेदवारको नाम सार्वजनिक (नामावली सहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं– तोकिएको समयावधि भित्र र तोकिएको समय सकिएपछि पनि निर्वाचन खर्चको विवरण नबुझाउने उमेदवारको नामसमेत निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उमेदवार भई ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने उमेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण पेस गर्न आग्रह गरेको हो । निर्वाचन खर्च विवरण पेस नगर्नेमा धेरै स्वतन्त्र उमेदवार रहेका छन् ।
निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उमेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array