राष्ट्रिय परिचयपत्र सम्बन्धमा रवि लामिछानेले गरेको निर्णय खारेज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं– राष्ट्रिय परिचयपत्रबारे पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय खारेज गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले जानकरी दिएका छन् । ‘तत्कालीन गृहमन्त्री लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज भएको छ’ ती अधिकारीले भने,‘ठेक्का पाउने कम्पनीको इजाजत पनि खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।’ सोमबार दिउसो जनताको आयोग महाअभियान नेपालले राष्ट्रिय परिचयपत्र कानुन विपरित विदेशी कम्पनीलाई दिएको ठेक्का खारेजी हुनुपर्ने भन्दै अख्तियारमा उजुरी दिएका थिए । राष्ट्रिय परिचयपत्र बनाउन कानुनविपरित ७ दिनको सुचना निकालेर विना प्रतिस्प्रधा एउटा कम्पनीलाई गृहमन्त्रालयले काम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array