मजुदर किसानमाथि अमानवीय व्यवहार भएको भन्दै गृहमन्त्रीविरुद्ध नाराबाजी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौ– मिटरब्याज पीडितले मङ्गलबार शान्तिबाटिकामा पत्रकार सम्मेलन गर्दै सरकारले मजुदर किसानमाथि अमानवीय व्यवहार गरेको बताएका छन् । उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध राजीनामा माग गर्दै नाराबाजीसमेत गरेका छन् । साथै उनीहरूले ‘मजुदर किसान बिरोधी नालायक गृहमन्त्री मुर्दावाद’, ‘कम्युनिष्टको खोल ओढेको सामन्ती गृहमन्त्री’ लेखिएको पम्‍प्लेट पनि प्रदर्शन गरेका थिए।
मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन्। सोमबार दिउँसो पीडितहरूले स्वघोषित कार्यक्रमअनुसार सिंहदरबार क्षेत्रमा निस्कने क्रममा शान्तिवाटिका गेटमै प्रहरीले हस्तक्षेप गरी उनीहरूमाथि लाठी र पानी फोहरा वर्षाएको थियो ।
झडपपश्चात् प्रहरीले शान्तिवाटिकाभित्र पसी ग्यास, चालम, पानीको जार, साउन्ड बक्सलगायतका सामग्री पनि लगेको उनीहरूले बताएका छन्।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्