काठमाडौ– सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै काठमाडौँ महानगर प्रमुख बालेन साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार आज सुनुवाइ हुँने भएको छ । उक्त रिटमा आज प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ । प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेनविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै रिट दायर गरेका थिए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई संघीय सरकारले सहयोग नगरेको भन्दै एक हप्तादेखि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, राष्ट्रपति कार्यालय शीतल र प्रधानमन्त्री विनास बालुवाटारको फाहोर नउठाएको बताउँदै आएका छन् ।
आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको भएकाले कानुनविपरीत फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र बिसर्जन गर्न अधिवक्ता श्रेष्ठको रिटमा माग गरिएको छ।
‘नेपालको संविधानको धारा ३०, ४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४ वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम आफ्नो दायित्व पूरा गर्न माग गर्दै रिट दिएको हुँ।’ श्रेष्ठले भनेका छन्,

प्रतिक्रिया दिनुहोस्