सुनसरी– सोमबार दिउँसो सुनसरीको कोशी गाउँपालिका हरिपुर–७ वडास्थित मुसहरटोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीयवासीको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्न जलेर नष्ट भएको प्रहरीले जनाकारी दिएको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि आठ घरका ३४ परिवार विस्थापित भएको पनि जानकारी दिएको छ ।
हरेराम सदाका चार, शिवनारायण सदाका पाँच, जगदीश सदाका छ, दिनेश सदाका तीन, सुनिता सदाका तीन, चन्द्रदेव सदाका तीन, बेचन सदाका छ र सुरज सदा चार सदस्यीय परिवार आगलागीबाट विस्थापित भएका हुन् । उनीहरूलाई तत्कालका लागि त्रिपाल र चिउराको व्यवस्था गरेको प्रहरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्