संवैधानिक परिषदको बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

आउदो शुक्रबार विहान ९ बजे सिंहदरबारमा बस्ने गरी  संबैधानिक परिषदको बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ । यो बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।

- Advertisement -
Ad imageAd image

चोलेन्द्रशमशेर जबराको अनिवार्य अवकाश पछि गत २७ मंसिरदेखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।

संवैधानिक परिषदको  अध्यक्ष प्रधानमन्त्री प्रचण्ड  रहने छन भने  सदस्यमा विपक्षी दलका नेता केपी शर्मा  ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना रहने छन्।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहनेछन् । हाल कानुनमन्त्री पद पनि रिक्त छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्