कर्णाली सरकारको नेतृत्व कांग्रेस–माओवादीले आलोपालो गर्नेबारे छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं– नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सरकारको नेतृत्वमा आलोपालो गर्ने विषयमा सहमतिनजिक पुगेको छ । हालका मुख्यमन्त्री माओवादीका राजकुमार शर्माले आधा कार्यकाल र नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले आधा कार्यकाल सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेको जानकारी दिएका छन् ।
कर्णाली प्रदेशसभा कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारको आमागी नेतृत्वबारे कांग्रेस र माओवादी सहमतिनजिक पुगेको बताए। उनले दुई दलबीच वार्ता भइरहेको र सहमतिनजिक पुगेकोले एक दुई दिनमै टुंगोमा पुगिने बताए ।

आठ सदस्यीय मन्त्रिपरिषद्‌मा माओवादीले मुख्यमन्त्रीसहित हाल नेतृत्व गरिरहेका तीन मन्त्रालय, एक राज्यमन्त्री तथा कांग्रेसले तीन मन्त्रालय लिने विषयमा छलफल अगाडि बढेको बताइएको छ।

- Advertisement -
Ad imageAd image

आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कांग्रेसले पाउने निश्चित भएको छ। तर, माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय लिएर भौतिक पूर्वाधार विकास मन्त्रालय कांग्रेसलाई दिन खोजिरहेको छ।

कांग्रेसले मन्त्री सिफारिस गरेपछि केही दिनमै मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारीसमेत गरेका छन्। मन्त्री सिफारिस गर्नेबारे कांग्रेसमा छलफल चलिरहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्