भारतबाट बढेर आयो पेट्रोल र डिजलको भाउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं– इन्डियन आयल कर्पोरेसन (आइओसी) ले भारतबाट पेट्रोल र डिजेलको भाउ बढाएर पठाएको छ । पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ६ रुपैयाँ र डिजल लिटरमा डेढ रुपैयाँ बढेर आएको नेपाल आयल निगमले जनाकारी दिएको छ । भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमलाई आगामी १५ दिनमा ६० करोड रुपैयाँ नाफा हुने निगमको प्रक्षेपण रहेको छ । यही मूल्य यथावत रहे पेट्रोल लिटरमा ६ रुपैयाँ र डिजेल लिटरमा २ रुपैयाँ नाफा रहने निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक कम्पनीहरुले उत्पादक कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। सोहीअनुसार आइओसीले हरेक १५ दिनमा पठाउने नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो।

- Advertisement -
Ad imageAd image

पछिल्लो समय प्रधानमन्त्रीको निर्देशनमा निगमले डिजल र मट्टितेलमा प्रति लिटरमा १० रुपैयाँले मूल्य घटाएको थियो भने पेट्रोल लिटरमा ३ रुपैयाँ घटाएको थियो। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यका साथै आइओसीले समेत मूल्य बढाएर पठाएपछि पेट्रोलियम पदार्थको मूल्य यो पटक यथावत राख्ने निगमले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: