चलचित्र ‘जारी’ लिक भएपछि ३२ वटा सामाजिक सञ्जालका अकाउन्टविरुद्ध उजुरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं– नेपाली चलचित्र ‘जारी’ लिक भएपछि ३२ वटा सामाजिक सञ्जालका अकाउन्टविरुद्ध निर्माता मणिराम पोखरेलले साइबर ब्यूरोमा उजुरी परेको छ।
सिनेमा पाइरेसी भइरहेको भन्दै साइबर ब्यूरोमा उजुरी उनले दिएका छन् । उनले टिकटक, युट्युब र फेसबुकसहित केही व्यक्तिको नाम नै उल्लेख गरी कारवाहीका लागि निवेदन दिएका छन्। सिनेमाले दुई दिनमा ४ करोड २० लाख बढीको व्यापार गरिसकेको छ ।

हलमा खिचेर ती अकाउन्टबाट सिनेमाका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत निर्माता पोखरेलले माग गरेका छन्। चलचित्र वैशाख १ गते रिलिज भएको हो । यसअघि पनि छक्कापञ्जा ४ पाइरेसी भएको भन्दै निर्माताले साइबर ब्युरोमा उजुरी दिएका थिए । प्रहरीको तदारुकतामा पाइरेसी गरिएका एकाउन्टबाट ती दृश्य हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: