नयाँ दलहरूबाट जनाताले आशा गरिरहेका बेला मापदण्ड विपरीतको ठेक्का आपत्तिजनक छः केसी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा नागरिकका वैयक्तिक र जैविक तथ्यांकमा विदेशी कम्पनी र एजेन्टहरूको पकड भित्राउने गरी कानुनविपरीत ठेक्का लगाउनेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
अध्यक्ष केसीले नागरिकले नयाँ राजनीतिक दलहरूबाट ठूलो आशा र भरोसा गरिरहेका बेला नेपालीका वैयक्तिक र जैविक तथ्यांकमा विदेशी कम्पनी र एजेन्टहरूले पकड राख्ने र आर्थिक कारोबार गर्ने उद्देश्यले मापदण्डविपरीत ठेक्का लगाइएकोप्रति विरोध गरेका छन् ।
‘राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने संयन्त्र बनाउने पहल भइरोखको बेला हतारमा निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक रहेको उनले बताए । ‘ठेक्का दिँदा विधि विधानले तोकेको मापदण्डविपरीत ७ दिनको बोलपत्र गरेर ठेक्का दिनु दण्डनीय छ,’ केसीले भने ।
उनले नयाँ राजनीतिक दलहरू पनि पुराना दलहरूभन्दा भिन्न नरहेको उनको दाबी थियो । ‘पुराना पार्टीहरुले गल्ती कमजोरी गरे, स्वार्थअनुसार नियम कानुन बनाउँथे त्यसैको सिको नयाँ दलले पनि गरे। नयाँ आएका पार्टीले नयाँ चीज ल्याउने भए भनेर नेपाली जनता मख्ख भएर हेरिरहेका थिए, उस्तै निस्किए ,’ केसीले अघि भने, ‘खास्टाले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो, यो विषयलाई त्यसै छोड्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्

Array