एअर क्वालिटी इन्डेक्सका अनुसार काठमाडौँ विश्वकै प्रदुषित सहर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं– देशको संघीय राजधानी काठमाडौँ विश्वका प्रदुषित सहरहरुको पहिलो स्थानमा परेको छ । एअर क्वालिटी इन्डेक्स (एक्युआइ) को मापन अनुसार काठमाडौँ सहर विश्वको प्रदुषित सहरको पहिलो स्थानमा रहेको बताइएको छ । एक्युआइका अनुसार काठमाडौँको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको छ । एअर भिजुअल सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ ।
यसैगरी, थाइल्यान्डको चियाङ मेइ दोस्रो, बंगलादेशको ढाका तेस्रो, भारतको दिल्ली चौथो, भारतकै कलकता पाँचौँ र छैटौँ नम्बरमा पाकिस्तानको लाहोर सहर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: