शुक्रबार राति गोली चल्दा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं–
प्रहरीका अनुसार माओवादी केन्द्रका नेता वर्षमान पुनका दाइको घरमा गोली चलेको छ । निजी सुरक्षामा खटिने टोलीका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरीले जानकारी दिएको छ । उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array