युएईले पाकिस्तानलाई १ अर्ब डलर सहयोग गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) ले पाकिस्तानलाई १ अर्ब डलरको आर्थिक सहयोग गर्ने भएको पाकिस्तानका अर्थमन्त्रीले शुक्रबार बताएका छन् । यसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट बेलआउट सर्तहरू पूरा गर्न नजिक पुर्‍याउनेछ । अर्थमन्त्री इशाक दारले ट्वीटरमा भनेका छन्, ‘स्टेट बैंक अफ पाकिस्तानले अब यूएईका अधिकारीहरूबाट उक्त रकम प्राप्त गर्न आवश्यक कागजातहरू तयार गरिरहेको छ।’
साउदी अरेबिया र चीनपछि युएई पाकिस्तानलाई सहयोग गर्न अगाडि आएको तेस्रो राष्ट्र हो । पाकिस्तानले ठूलो आर्थिक संकटको सामना गरिरहेको छ। पाकिस्तान अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १.१ बिलियन डलरको पर्खाइमा छ । जुन २०१९ मा कोषद्वारा अनुमोदित ६.५ बिलियन बेलआउट प्याकेजको एक हिस्सा हो।
सिपोर्ट ग्लोबल इएम क्रेडिट विश्लेषक हिमांशु पोरवालले समाचार एजेन्सी रोयटर्सलाई भनेका छन्, ‘युएई सम्झौता सहयोगी हुनुपर्छ किनभने आइएमएफले पाकिस्तानलाई ‘मैत्री’ देशहरूबाट आर्थिक सहायता प्राप्त गर्न आवश्यक छ भनेर भनिरहेको छ।’ तर संकट अन्त्य हुन सकेको छैन। आइएमएफले पाकिस्तानले केही कुराको उल्लङ्घन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array