राष्ट्रपति पौडेलद्वारा पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालासहित सहित ७२८ जनालाई मानपदवी प्रदान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरे।
नेपाल रत्न स्व. कोइरालालाई (मरोणोपरान्त) प्रदान गरिएको हो। यस्तै, राष्ट्र गौरव राजनीतिज्ञ स्व। जीवराज न्यौपाने ‘आश्रित’ ९मरोणोपरान्त०, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्व। सत्यमोहन जोशी ९मरोणोपरान्त०लाई प्रदान गरियो।

सुप्रसिद्ध प्रबल जनसेवाश्री डा.जगमान गुरुङलाई प्रदान गरियो। समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको हो।

- Advertisement -
Ad imageAd image

मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेकी थिइन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्