आजदेखि वर्ष २०८० प्रारम्भ, शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – आज (शुक्रबार) बाट विक्रम सम्वत २०८० सुरु भएको छ। १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन्।

- Advertisement -
Ad imageAd image

नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरु भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन् । यसदिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ।

मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा चल्दै आएको विक्रम सम्वत विक्रमादित्यले चलाएका हुन्। नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्