नेपालको अन्तर्राष्ट्रिय सम्मानमा गम्भीर आँच पुगेको छः पूर्वराजा ज्ञानेन्द्र शाह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै विभिन्न पक्षबाट भएका कमी कमजोरीले गर्दा देशले धेरै दुःख पाएको बताए । पूर्वराजा शाहले पछिल्लो समय देशको आन्तरिक सद्भाव, एकता, महत्वपूर्ण संस्थाहरुको सवलता र अन्तर्राष्ट्रिय सम्मानमा आँच पुगेको बताएका छन् । ‘हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन्,’ पूर्वराजा शाहले भनेका छन्, ‘त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता , अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भीर आँच पुगेको छ।’
पूर्वराजा शाहले भनेका छन्, ‘राजनीति र राज्य सञ्चालनको प्रकृयामा इमान्दारीताको ठूलो महत्व रहन्छ। राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ रहन्छ। मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयं अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन। आज उत्पन्न बेथिति, अविश्वास, द्वन्द्व र जटिलताको जड पनि त्यही नै हो।’

युवापिढीं अहिलेको शासकीय गतिविधिप्रति असन्तुष्ट रहेको पूर्वराजा शाहको भनाइ छ। युवाहरुमा विदोहभाव देखिन थालेको उनले बताएका छन्। यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा अर्थहीन आरोप थोपरेर नहुने पूर्वराजा शाहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

Array