माग सम्बोधन नभएको भन्दै सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग भएको घोषणा गरेको छ । मिटरब्याज पीडितले सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग भएको बताएका छन् ।
सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ । ५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहोर्‍याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए । प्रवक्ता नवीनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप लगाए । मिटरब्याज पिडितले सरकारसँग बारम्बार बार्ता गर्दा पनि समस्याको समाधान हुन सकेको छैन ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्