कि काठमाडौँको हितमा काम गर्नुस्, कि सिंहदरवार नै सार्नुस्: बालेन साह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिका मेयर बालेन साहले सिंहदरवार अरु नै पालिकामा सार्न आग्रह गरेका छन्।

सिंहदरवारले सहयोग नगरेको भन्दै मेयर साहले सिंहदरवार परिसरको फोहोर उठाउन बन्द गरेका थिए । त्यसपछि सोही विषयलाई लिएर पछिल्लो समय धेरै टीकाटिप्पणी समेत भएका छन् ।

- Advertisement -
Ad imageAd image

सर्वसाधारण जति सबै मेयर साहको पक्षमा छन् । भने जनप्रतिनिधिहरूले उनको आलोचना गरिरहेका छन् ।

यही बिचमा मेयर साहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोख्दै लेखेका छन, ‘कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरवार अरु पालिकामा सार्नुहोस्। हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन। चाहे सिंहदरवार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्