सिंहदरवारको फोहोर नउठाउनु महानगरको अराजकता हो: शेखर कोइराला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सिंहदरवारको फोहोर नउठाउनु काठमाडौँ महानगरपालिकाको अराजकता भएको बताएका छन्।

बिहीबार बिहान ट्विट गरी कोइरालाले जिम्मेवार निकायले गरेको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताएका छन्।

- Advertisement -
Ad imageAd image

उनले भनेका छन्, ‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो । जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ। अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो। दुवै सच्चिनु पर्छ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्