रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १२ राउण्ड हवाइ फायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपमा परेर प्रहरीसहित पाँच जना घाइते भएका छन्।

गरुडा नगरपालिकाले बेथिती गरेको, भ्रष्टाचार गरेको लगायत आरोप लगाउँदै सूचना माग गरिएको थियो। तर, मागे अनुसारको सूचना नगरपालिकाले नदिएको भन्दै तालाबन्दी र तोडफोड गर्न खोजीपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको रौतहका प्रहरी प्रमुख, एसपी वीरबहादुर बुढामगरले बताए।

- Advertisement -
Ad imageAd image

स्थिती नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर र ४ राउण्ड अश्रु ग्यास पनि प्रहार गरिएको एसपी बुढामगरले बताए।

झडपको क्रममा एकजना सुरक्षाकर्मी घाइते भएका छन्। प्रदर्शनकारीको तर्फबाट पाँच जना घाइते भएको एसपी बुढामगरले बताए।

मेयर पदका उम्मेदवार दीपक यादवको समूहले विभिन्न सूचना माग्दै धर्ना बसेको थियो। मागेअनुसारको सूचना दिए पनि अगुग भएको भन्दै पुनः सूचना माग्ने र आन्दोलन समेत गर्दै गरेका थिए।

यता, नगरपालिकाले भने यसअघि नै मागे अनुसारको सूचना दिइसकेको र भोलि बिहीबार सार्वजनिक सुनुवाइ समेत राखेकाले सोही ठाउँमा सबै सूचना दिने बताएको थियो। तर, दीपक यादवको समूहले भने त्यसको विरोध गर्दै प्रदर्शन गरेको थियो।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्