काठमाडौँ – नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन्।
बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँग उनले ओली संसद् विघटन गरेरै मध्यावधि चुनावमा जाने दाउमा रहेको भन्दै त्यसो हुन नदिने बताएका हुन् । अध्यक्ष नेपालले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए।
नेपालले मन र विचार मिल्नेहरुसँग एकताका लागि वहस र छलफल गर्न तयार रहे पनि एमालेसँग भने एकता सम्भव नरहेको बताए। उपाध्यक्ष मुकुन्द न्यौपानेलगायतका नेताहरुले पार्टी छाडेको बारे केही फरक नपर्ने बताए । ‘पार्टी छोड्नु र प्रवेश गर्नु नियमति प्रक्रिया हो ।’ उनले भने।


प्रतिक्रिया दिनुहोस्