बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ बजे जीप दुर्घटना भएको हो।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरीले जानकारी दिएको छ।

- Advertisement -
Ad imageAd image

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको खत्रीको भनाइ छ। उनीहरू सबै एकै गाउँका हुन्।

जीप सवार पाँच जना भने सकुशल छन्। जीप खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ चालक सम्पर्कविहीन छन्।​

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्