आजको मौसम: लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी, केही स्थानमा वर्षा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – देशका केही स्थानमा आज हावाहुरी चल्ने सम्भावना छ । केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

- Advertisement -
Ad imageAd image
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्