काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममूखी भएर काम गर्नु पर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर काम नगर्ने बाहाना खोज्न नहुने थापाले बताए ।
महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे। उनले ५ वर्षपछि नेपाली कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताए।
‘संघको सरकार हामीले चलाउने, ५ वर्ष देशको सरकार कसले चलाउनेरु कांग्रेसले चलाउने, प्रदेश र स्थानीय सरकार हामीले चलाउने, अब कसैलाई दोष पन्छाएर पाइन्न। परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ। त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौँ।’
महामन्त्री थापाले शिक्षकहरुको तलव, भत्ता बढाउन पनि सरकारसँग माग गरे। शिक्षकहरुलाई खुशी नबनाइ मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्