अर्थतन्त्रको अवस्था सुधार हुँदै गएको छ: गभर्नर अधिकारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ चैत्र २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा अर्थतन्त्रको अवस्था सुधार हुँदै गएको बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न क्रममा यस्तो बताएका हुन् ।
‘समग्रमा बैंकहरूको अवस्था पनि सुरक्षित रहेको उनको भनाई छ । गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थममा रहेको बताएका छन् । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको समेत उनले जानकारी दिए । विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो अवस्थामा रहेको समेत उनले बताए ।
वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १०४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष आव २०७९÷८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार रेमिट्यान्स उक्त रकम बराबर भित्रिएको पाइएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत रहेको छ ।

सूचक सुधार हुँदा पनि ब्याजदर केही माथि भएको भए पनि फागुनदेखि बेसरेट घट्दो दरमा पुगेको उनको भनाइ छ । पूँजी पर्याप्तता नियामकीय व्यवस्था भन्दा माथि रहेको र निष्कृय कर्जा केही बढेपनि धेरै माथि नपुगेको उनले बताए । अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने उनको भनाइ छ । बैकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

Array