काठमाडौं– मिटरब्याज पीडित र सरकारी टोलीबीच उर्को पटक बस्ने गरि सोमबारको वार्ता सकिएको छ । सोमबारको वार्ता सकिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिएका छन् । उनका अनुसार आजको वार्तामा मिटरब्याज पीडितसंग सरकारले यस अगाडि गरेका सहमतिका बारेमा छलफल गरेको थियो । सरकारले १ असोज र १८ चैतमा मिटरब्याज पीडितसंग सम्झौता गरेको थियो ।
यी सम्झौताले मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै २० चैतदेखि मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ । काठमाडौंमा आन्दोलित पीडितसंग सरकारले २५ चैतमा प्रारम्भिक छलफल गरेको थियो । छलफलका क्रममा पीडितले सरकारसमक्ष ६ बुँदे माग राखेका छन् ।
पीडितले राखेका ६ बुँदे मागका विषयमा सोमबारको वार्तामा विस्तृतमा छलफल नभएको संघर्ष समितिका प्रवक्ता नविनले बताए । अनुसार भोलि हुने वार्तामा मिटरब्याज पीडितले राखेका ६ बुँदे मागका विषयमा छलफल हुनेछ ।
मिटरब्याज पीडितले राखेका माग
१० मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत ९तमसुक, दृष्टिबन्धक रजिष्ट्रेसन० छिनुवा पास, कतिपय अवस्थामा चेक समेत आदि० मन्त्रीपरिषद् स्तरीय निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने ।
२० कानुन मन्त्रालयमा अडकिएको ’मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ ले सिफारिस गरेको कानुनी मस्यौदा तत्काल संघर्ष समिति र पीडितको जानकारीमा ल्याउनुपर्ने साथै पीडितसँग छलफल गर्दै समयसिमा तोकेर फास्ट ट्रयाकमा नयाँ कानुन जारी गर्नुपर्ने ।
३० नयाँ कानुन लागू नभएसम्म फर्जी लिखतका आधारमा अदालतमा मिटरव्याजसंग सम्बन्धित मुद्धाको दर्ता तथा सम्पूर्ण अदालती प्रकृया स्थगित गर्नुपर्ने र फैसला भइसकेका मुद्धाको पुनरावलोकन गर्नुपर्ने साथै फर्जी लिखतका आधारमा पकाउ परेका पीडितको स–सम्मान रिहाइ गर्नुपर्ने ।
९४० जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका र दर्ता हुन आउने मिटरब्याजसंग सम्बन्धित निवेदनका आधारमा साहु महाजनलाई तत्काल पक्राउ गरी उनीहरुको सम्पत्ति छानविन गर्नुपर्ने ।
५० साहु–महाजनद्वारा भएका मिटरब्याजसँग सम्बन्धित हत्या, दुर्व्यवहार, महिलामाथि हुने ज्यादती तथा यौन हिंसा तथा मानवअधिकार उल्लंघनका अन्य घटनाको गम्भीर छानविन गर्दै कारवाही गर्नुपर्ने तथा पीडितलाई न्यायोचित क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने ।


प्रतिक्रिया दिनुहोस्