बालेन साहसँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं: सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल संवाद गरि समस्या समाधानको पहल कदापि लिन आग्रह गरेका छन् ।

सांसद थापाले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । दुई तहका सरकारका बीचमा तत्काल सल्ट्याउनुपर्ने विषयहरुलाई सल्ट्याइहाल्न पनि उनले भनेका छन् । महानगरपालिकाले राखेका जायज मागहरुलाई पूरा गर्न आवश्यक विषयहरुमा समझदारी कायम गर्न माग गरेका हुन् ।
सांसद थापाले काठमाडौँ महानगरपालिका र संघीय सरकारबीचको छलफलमा काठमाडौँका जनप्रतिनिधिहरुलाई पनि सम्मिलिन गराउनुपर्ने बताएका छन् ।
काठमाडौँ महानगरपालिकाले फोहोर नउठाउने भनेको छ। एउटा निर्वाचित जनप्रतिनिधि, स्थानीय सरकारको प्रमुखले आफ्नो असहमति प्रकट गर्दै गर्दा, अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाई गर्ने शैली, प्रयोग भएको भाषा, लवज यो ठिक वा बेठिक यसका बारेमा बहस हुनसक्ला। बहस गरौला यथोचित समयमा।

अहिलेलाई म सम्माननीय प्रधानमन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु, कुनै विलम्व नगरीकन, कुनै आग्रह नगरीकन काठमाडौँ महानगरपालिकासँग छलफल गरियोस्। संवाद गरियोस्। जुन–जुन विषय अहिले सल्ट्याउनुपर्ने हो सल्ट्याइयोस्। जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो समझदारी कायम गरियोस्। जायज मागहरु पूरा गरियोस्। र हामी काठमाडौंका जनप्रतिनिधिहरुलाई पनि यो प्रक्रियामा सम्मिलित गराइयोस्।’

प्रतिक्रिया दिनुहोस्

Array