सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले संसद्‍मा माग्यो माफी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईबीच भएको २ करोड डिलको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उक्त घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति भन्दै क्षमा मागेको हो ।
‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं’ उनले भने, ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं । यो घटनाले विचलित हुने छैनौं । राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’

तर, यस्तो घटना पहिलो पटक भने नभएको उनको भनाइ छ । ‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । ती सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ’ प्रमुख सचेतक परियारले भने ।

प्रतिक्रिया दिनुहोस्

Array