किनेको मुल्य भन्दा कममा पनि घरजग्गा बिक्री हुन छाड्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ चैत्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं–
आर्थिक मन्दीको कारण घरजग्गाको भाउ चलनचल्तीको मुल्य भन्दा पनि घटाएर बेच्दा पनि विक्रि हुन छोडेको व्यवसायिहरुको गुनासो छ । घरजग्गामा लगानी गर्ने सर्वसाधारण देखि व्यवसायीहरु मारमा परेका छन् । अझ कारोबारको मुख्य आधार नै घरजग्गालाई बनाएका सहकारीहरु दोहोरो मारमा परेका छन् । ऋृणिले ऋण तिरेका छैन्न् भने निक्षेपकर्ताले निक्षेप फिर्ता लानेको संख्या एकैचोटि बढेको र जसले गर्दा सहकारीमा समस्या देखा परेकोको सहकारी संघसंस्थाहरु बताउँछन् । निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न जग्गा नबिकेर सबै भन्दा बढि समस्या परेको सहकारी कर्मिहरुको भनाई छ । उसो त बैंकहरुको पनि ऋण नउठ्दा ऋणको जग्गा धितो लिलामी गर्न पाएका छैनन् ।
ठुला व्यवसायीले भने घरजग्गाको मूल्य घटाएर ग्राहकहरुलाई आकर्षित गर्ने विभिन्न योजना ल्याएका छन् । तरलता अभावसँगै बैंकको उच्च ब्याजदरका कारण घरजग्गा कारोबार प्रभावित भएको हो । व्यवसायीहरुले ग्राहक आकर्षिक गर्न मूल्य घटाउने, कर्जाको सुविधा मिलाईदिने र पास गर्ने समय धेरै दिनेलगायत रहेका छन् ।
झत्तपुरमा सानो सानो टुक्रा जग्गामा लगानी गर्दै आएका कटुन्जेका राजन शेढाईका अनुसार २ वर्ष अघि किनेको मुल्यमै दिदा पनि बिक्रि नभएको बताए । ऋणको समस्याले केहि जग्गा किनेको मुल्य भन्दा पनि घटेर बेचेको उनले बताए ।
उनीलगायत देशका शहरी क्षेत्रमा नाफा कमाउने आशामा महगंोमा प्लाटिङ्गको जग्गामा लगानी गरेका सर्वसाधारण व्यवसायि भन्दा पनि बढि मारमा परेको शेढाई बताउँछन् । सर्वसाधारणको आयस्रोत कम हुने र बैंक तथा वित्तिय संस्थाले पनि हत्तपत्त ऋण नदिने भएकाले बढि समस्यामा परेको उनले बताए ।

यस्तै विराटनगरका प्रकाश खड्काले कठ्ठाको १ करोड २० लाखमा किन्ने मान्छे आउदा नबेचेको जग्गा अहिले समस्या परेर ७० लाखमा विक्रि गर्न खोज्दा पनि नबिकेको बताए । ‘उतिखेर आवश्यक थिएन बेचिएन अहिले आवश्यक प¥यो विक्रि गर्न खोज्दा बिक्दैन,’ उनले भने । अहिले किन्ने भन्दा पनि विक्रि गर्नेहरु थेरै रहेको उनले बताए ।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्