काठमाडौं– सोमबार बिहान चितवनमा पत्रकारहरूसँगको कुराकानीमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक भएको अडियोबारे अनुसन्धान हुने बताएका छन् । गृहमन्त्री श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यापारी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियोबारेमा छानबिन हुने बताएका हुन् । उनले अनुसन्धानबाट जे पुष्टि त्यहीअनुसार सरकार अगाडि बढ्नेसमेत बताएका छन्। गृहमन्त्री श्रेष्ठले भने, ‘२ करोडको कुरा आएको छ। त्यसलाई आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौँ। अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यहीअनुसार हामी अघि बढ्ने कुरा हुन्छ।’ अडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको हो।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको सचिवालयले भने सार्वजनिक भएको अडियो वास्तविक नभएको दावी गरेको छ। सचिवालयले विज्ञप्ति जारी गर्दै झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भन्ने फोन कुराकानीको अडियो वास्तविक नभएको दावी गरेको हो।
सो सम्वादमा बोलेका अभिव्यक्तिहरू डा. ढाकाकुमार श्रेष्ठको नभएको र सो आवाज सम्पादन गरी नियोजित रुपमा मा डा ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षड्यन्त्र हो,’ श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्