अब देखि ऊर्जा परियोजनाहरुले विस्फोटक पदार्थ सापटी गरेर काम गर्न पाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– नेपाली सेना र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)बीच आइतबार आवश्यक परेमा ऊर्जा परियोजनाहरुले विस्फोटक पदार्थ एक–अर्को आयोजनाबाट सरसापटी लिन सक्ने सहमति भएको छ । यसअघि यसरी सरसापट गरेर काम चलाउन पाइदैनथ्यो जसका कारण लामो समयसम्म आयोजनाहरुको काम नै प्रभावित हुने गर्दथ्यो ।
अब विस्फोटक पदार्थ नआएसम्म काम ठप्प हुने अवस्थाको अन्त्य भएको इप्पानले जनाकारी दिएको छ । यो समस्या समाधानको लागि इप्पानले लामो समयदेखि नेपाली सेनासँग पहल गर्दा अहिले सफलता हात लागेको हो ।
कुनै आयोजनाहरुलाई विस्फोटक पदार्थको अभाव भएमा तत्कालै आफ्नो आयोजना नजिकको नेपाली सेनाको कार्यालयमा विवरण उपलब्ध गराएपछि सेनाले सरसापटीका लागि सहमति दिइने बताएको छ ।
त्यसैगरी विस्फोटक पदार्थको ढुवानी र भण्डारण थप सहज बनाउन पनि सेनाले सहजीकरण गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: