पुनरकर्जा सुविधा दिने योजनामा छौंः गभर्नर अधिकारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुनरकर्जा सुविधा दिने योजनामा केन्द्रीय बैंक रहेको बताएका छन् । उद्योगी व्यवसायीहरुसँगको भेटमा गभर्नर अधिकारीले होटल, जलविद्युत् लगायतका उत्पादनमुलक क्षेत्रमा कोरोना महामारीको क्रममा दिए जस्तै पुनरकर्जा सुविधा दिने योजनामा केन्द्रीय बैंक रहेको बताए । केन्द्रीय बैंकले बैशाखमा ३५ अर्ब रुपैयाँ पुनरकर्जामार्फत् बजारमा पठाउने तयारी गरेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले राष्ट्र बैंकले सरकारबाट वित्तीय स्रोत नलिई सहुलियतपूर्ण ब्याजदरमा पुनरकर्जा लगानी गर्नु उपयुक्त नभएको बताउँदै आएपछि पुनरकर्जाको रकम घट्दै आएको थियो ।

- Advertisement -
Ad imageAd image

२०७८ माघमा राष्ट्र बैंकले १ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ सहुलियत पूर्ण ब्याजदरमा पुनरकर्जा लगानी गरेको थियो । २०७९ माघ मसान्तमा उक्त रकम ७ अर्ब ८६ करोड रुपैयाँमा झरेको छ ।

गत मंसिर मसान्तसम्म नेपाल राष्ट्र बैंकले सहुलियत दरमा १ खर्ब ३७ करोड रुपैयाँ पुनरकर्जा प्रवाह गरेकोमा पुस मसान्तमा उक्त रकम ११ अर्ब ७५ करोडमा झरेको थियो ।

गत असार मसान्तमा राष्ट्र बैंकले १ खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ पुनरकर्जा लगानी गरेको थियो । केन्द्रीय बैंकले आफ्नो क्षमताभन्दा बढी पुनरकर्जा लगानी गरेको आइएमएफको आपत्तिपछि असार यता पुनरकर्जाको रकम घट्दो थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्