विभिन्न दल त्याग गरी ६५ नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

बर्दिया – बर्दियामा पूर्व सांसदसहित ६५ जना नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मिसन ग्रासट्टट अभियानअन्तर्गत मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पूर्व संघीय सांसद चिरञ्जीवी थारुसहित जसपाबाट ६ जना एमालेमा प्रवेश गरेका हुन् ।

अरु पार्टीमा भविष्य नभएको र देश बनाउने पार्टी नेकपा एमाले नै भएकाले एमालेमा प्रवेश गरेको थारूले बताए । त्यसैगरी नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य एवं जनजाति महासङ्घका केन्द्रीय सदस्य तारा थापा मगरसहित ३० जना एमालेमै फर्किएका छन् । त्यसैगरी नेपाली काँग्रेस पार्टी परित्याग गरी ४ जना एमालेमा प्रवेश गरेका हुन् भने २५ जना नेकपा माओवादी केन्द्र लगाएतका पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टी सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य डा राजन भट्टराई र पोलिटब्युरो सदस्य शान्ता चौधरीले स्वागत गरेकी छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले देशको संरक्षण गर्ने र देशको हितमा काम गर्ने पार्टी नेकपा एमाले मात्र भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: