सन्दिपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाका लागि आज पेसी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइका लागि आजको लागि पेसी परेको छ । चैत २२ गते सुनुवाइ हेर्न नभ्याइने’ हुँदै स्थगित भएपछि पुनः आजलाई पेसी तोकिएको हो । त्यस्तै,चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गरेका थिए ।
सर्वोच्च अदालतले लामिछानेविरुद्धको बलात्कार मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ हुन सकेको छैन । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array