विद्यालयले किताब र पोसाक बेच्नु मापदण्ड विपरित; किताबमा मोटो कमिसन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ चैत्र २०७९, आईतवार
5 Min Read
Aa

स्मृति बस्नेत

काठमाडौं– विद्यालय निर्देशिका विपरित लगभग नेपाल भरिकै निजी विद्यालयहरुले किताब र पोसाक बेच्दै आइरहेका छन् । विद्यालयले किताब र पोसाक बेच्नु विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत रहेको छ । उपत्यका सहित देशभरका अधिंकास निजि विद्यालयले विद्यार्थीलाई स्कुलबाट नै किताब किन्नु पर्ने अनिवार्य गरेका छन् । साथै कपडा पनि स्कुलबाट नै किन्नु पर्ने अनिवार्य व्यवस्था जस्नै गरेका छन् । अभिवाकका अनुसार अझ जाडोमा लगाउने कपडा बजारमा पाइने भन्दा फरक डिजाइनको डिजाइन गर्न लगाएर स्कुलबाट नै किन्नु पर्ने बाध्यत्मक अवस्थाको सिर्जना स्कुलहरुले गरेको बानेश्वरकी मंमता बन्जाडेले गोरक्षापोष्टलाई बताइन । किताब पनि स्कुलले प्रकासकलाई भनेर छुट्टै डिजाइन गर्न लगाउने र त्यस्तै किमिका तुरुस्त किताब बाहिरा नपाउने उनले बताइन । स्कुलमा शिक्षकले त्यस्तै किताब ल्याउ भनेपछि बाध्यताले स्कुलमै किताब किन्नु परेको उनले गुनासो गरिन ।
साथै, पब्लिकेशनको पनि आफ्नै समस्या छन् । स्कुलहरुलाई ५० प्रतिशतसम्म कमिशन छुट्याउने गरेको एक पब्लिकेशनका सञ्चालकले बताए । आफ्नो परिचय खोल्दा बजारीकरणमा अफ्ठारो पर्ने भएकाले नखोल्न पनि उनले आग्रह गरे । माकेटिङ्गको क्रममा निजी विद्यालयका पेन्सिपललाई डिनर देखि हरेक कुराको माग गर्ने पनि उनले बताए । उनीहरुले गरेको सबै माग पुरा गरेपछि बल्ल आफ्नो पब्लिकेसनको किताब स्कुलमा लगाउन मान्ने उनको भनाई छ । ‘हामी मात्र कहाँ हनु सबै पब्लिकेसनले यस्तै गर्छन, कमिसन खुवाएर र उनीहरुले जे जस्तो माग गर्छन् सबै पुरा गर्दा पनि कम्ति प्रतिस्प्रधा छैन,’ उनले भने ।
यसै विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन् । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहले बताए । ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक(पटक आइरहेको छ,’ मेयर शाहले भने । यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको उनले स्मरण गराएका छन् ।
मेयर शाहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरे । किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले चैत १७ मै परिपत्र गरेको थियो । किताब बेच्ने विद्यालयलाई कारबाही गर्नेसमेत महानगरको चेतावनी छ।

यस्तै खाजा र गाडा भाडामा पनि निजी स्कुलको दादागिरी भएको अभिभावकहरुको गुनासो छ । जेम्म स्कुल लगायत ठुला स्कुलहरुले भने स्कुल नगएको समयको गाडि भाडा र खार्जा खर्च समेत जोडेर पठाउने गरेका छन् । स्कुलहरुलाई यस विषयमा कुरा गर्दा देशभरी कै स्कुलको यस्तै नियम भएको बताउँछन् । आफै खाजा लिएर आउने र आफै स्कुलमा आउनेलाई नजोडेको बताउँछन् । एक वर्षको खाजा खर्च र गाडि हिसाब निकालेर महिनामा कति आउँछ त्यति बिलमा जोड्ने गरेको स्कुलहरुको भनाई छ । चैतमा केहि दिन बिदा भए पनि गाडि खर्च र डाइर्भरलाई तलब दिनु पर्ने स्कुलहरुको भनाई छ । यस विषयमा निजी विद्यालयको छाता सङ्गठले भने अभिबावक र विद्यालय बिचको सहमति भएको बताएको छ । कानुनीरुपा यस विषयमा खास केहि उल्लेख नभएको जानकारी दिएको छ ।

विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा किताब सम्बन्धि व्यवस्था

४.४ पाठ्यक्रम/पाठ्यपुस्तक
विद्यालयको लागि पाठ्यपुस्तक
४.४.१. संस्थागत विद्यालयले नेपाल सरकारले स्वीकृत गरेको पाठ्यक्रम अनिवार्य रुपले
लागू गर्नु पर्नेछ ,
४.४.२. नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पाठ्यपुस्तक तथा सो
केन्द्रबाट सूचीकृत भएका सन्दर्भ सामग्री मात्र विद्यालयमा लागू हुनेछ ।
४.४.३ पाठयक्रमले निर्धारण गरेको विषयका आधारभूत ९द्यबकष्अ० र सन्दर्भ ९च्भाभचभलअभ०
समेत गरी १ः१.५ को दरभित्र पाठ्यपुस्तक प्रयोग गर्न सकिने छ ,
४.४.४. सन्दर्भसामग्री, पाठ्यपुस्तक कम्तिमा २ वर्ष लगातार लागू गर्नुपर्नेछ ,
४.४.५. कुनै तह वा विषयमा पाठ्यपुस्तकको विषयवस्तु परिवर्तन गर्न परेमा पाठ्यक्रम
विकास केन्द्रको पूर्व स्वीकृति नलिई परिवर्तन गर्न पाइने छैन र कुनै एक पाठ
परिवर्तन गरी वा स्वीकृति नभएको पाठयपुस्तक विद्यालयमा लागू भएको पाइएमा
जिल्ला शिक्षा अधिकारीबाट तोकिए बमोजिमको कार्यवाही हुनेछ ,
४.४.६ विद्यालय आफैले पाठ्यपुस्तक तथा स्टेशनरी खरीद विक्रि गर्न पाउने छैन ,
४.४.७. पाठ्यपुस्तकको मूल्य पाठ्यक्रम विकास केन्द्रले तोके बमोजिम हुनेछ ,
४.४.८. पाठ्यपुस्तकको मूल्यमा स्टिकर लगाइएको वा कालो पोतिएका पाठ्यपुस्तक लागू
गर्न पाइने छैन,
४.४.९.विद्यालयमा प्रयोग हुने विदेशी प्रकाशनका सन्दर्भ सामग्रीमा “नेपाल संस्करण”
उल्लेख भएको हुनुका साथै नेपाली मूल्य तोकिएको हुनुपर्दछ,
४.४.१० आधारभूत तह कक्षा १–५ सम्मका लागि –४ के.जी सम्म, आधारभूत तह कक्षा ६–
८ का लागि –६ के.जी सम्म, माध्यामिक तहका लागि–८ के.जी. सम्मको मात्र
विद्यार्थीहरुले झोला (पाठ्यसामग्री र खाजा सहितको) बोक्न पाउनेछन्,
४.४.११ पूर्व प्राथमिक तहका विद्यार्थीहरुका लागि पाठ्यसामग्री सहितको झोला बोक्न
निरुत्साहन गर्नु पर्नेछ,

फोटो गुगलबाट लिएको

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: