पाटन क्याम्पसको स्ववियु चुनाव आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ चैत्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – पाटन क्याम्पसमा आज स्ववियु चुनाव हुँदैछ। चैत ५ गते रोकिएको चुनाव आज हुन लागेको हो।

करिब ७६ सय विद्यार्थी रहेको पाटनमा सभापतिका लागि ६ उम्मेदवारले उम्मेदवारी दिएका छन्।

- Advertisement -
Ad imageAd image

त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो। उक्त मितिमा ४५ वटा आङ्गिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो।

विद्यार्थी सङ्गठनको अवरोध तथा तालाबन्दीका कारण १७ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। बाँकी क्याम्पसमा चैत ३० गते स्ववियु निर्वाचन हुने भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्