संसद भवनअघि एक व्यक्तिले गरे आत्मदाहको प्रयास

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

संसद भवनको एक नम्बर गेट अगाडि हेटौंडाका ५३ वर्षीय एक पुरुषले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता सिताराम रिजालले बताए। उनका अनुसार उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए ।

- Advertisement -
Ad imageAd image

उनलाई प्रहरीले बचाएर नियन्त्रणमा लिएको छ। पेट्रोल खन्याएर आत्मदहको प्रयास गरेको प्रहरीले तत्काल थाहा पाएपछि उनलाई बचाउन प्रहरी सफल भएको हो।

आत्मदाहको प्रयास गर्नुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्