महानगरले डोजर चलाउने भएपछि सुकुम्बासीले छेके बाटो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको टोलीले तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका हटाउन डोजर परिचलन गरेको थाहा पाएसँगै स्थानीयले बाटो छेकेका छन्।

महानगरपालिकाको टोली डोजरसहित पुग्ने जानकारी पाएपछि स्थानीयले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेका हुन्। बस्ती हटाउने जानकारी पाएसँगै बानेश्वर बहुमुखी क्याम्पसनजिकै बागमती करिडोर सडकमा सुकुम्बासी बस्तीका युवासहितको ठूलो भीड जम्मा भएको छ।

- Advertisement -
Ad imageAd image

सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेको छ। तर महानगरपालिकाको टोलीले भने अहिले नै डोजर लिएर नगएको काठमाडौँ महानगरपालिका स्रोतले जनाएको छ।

नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको महानगरको टोली सुकुम्बासी बस्तीतर्फ प्रस्थान गरिसकेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्