काठमाडौँ – सरकारले कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई शहीद घोषणा गरेको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले जानकारी दिए ।
पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको चैत १० मा मृत्यु भएको थियो। आन्दोलनकै क्रममा प्रहरीको कुटाईबाट घाइते भएका लिम्बुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचारको क्रममा निधन भएको थियो।


प्रतिक्रिया दिनुहोस्