सहकारीको नियमनको दोस्रो निकाय निर्माण गर्न समन्वय गर्छौः गभर्नर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि दोस्रो तहको नियामक निकाय निर्माण गर्न राष्ट्र बैंकले समन्वय गर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै गभर्नर अधिकारीले सहकारी क्षेत्रमा केही सीमित सहकारीको गल्तिका कारण समग्र सहकारी क्षेत्र नै बदनाम बन्न पुगेको बताए ।

- Advertisement -
Ad imageAd image

सहकारी क्षेत्रले सीन्तकृत वर्गको स्तर सुधारका लागि धेरै राम्रो काम गरेको बताउँदै गभर्नर अधिकारीले सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन गरेर त्यो बजेटको उपयोग सीमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको बताए । सहकारी क्षेत्रमा विदेशी अभ्यासहरु पनि अवलम्बन गर्नुपर्ने भन्दै गभर्नर अधिकारीले यसमा सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्