व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा रहेर बहस गरौ: केपी ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एजेण्डामा आधारित भई बहस गर्न आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले, सामाजिक सञ्जालमार्फत भनेका छन्, उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा रहेर बहस गर्न आग्रह गरेका हुन् ।

- Advertisement -
Ad imageAd image

वैशाख १० को उपचुनावका लागि धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार देखिएको भन्दै ओलीले यो खुसीको कुरा भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु । मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन’, ओलीले लेखेका छन्, ‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ । चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्