एउटै एसईई परीक्षा केन्द्रबाट एकै दिन ५२ नक्कली परीक्षार्थी पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

विराटनगर – मोरङको ग्रामथानस्थित एउटा एसईई परीक्षा केन्द्रमा ५२ नक्कली परीक्षार्थी फेला परेका छन् । ग्रामथान गाउँपालिका–२, झोराहाटस्थित सरस्वती नमुना उच्च माविको परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएका हुन् ।

बिहीबार सामाजिक विषयको परीक्षा दिँदै गरेका ती नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

“उनीहरू सबैको विषयमा अनुसन्धान सुरु गरिसकेका छौँ,” उनले भने ।

घटना बाहिरिएलगत्तै प्रहरी अधिकारी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमसहिको टोली झोराहाट पुगेको छ ।

नक्कली परीक्षार्थी खुलातर्फको परीक्षा दिने रहेका विद्यालयका प्रधानाध्यापक अकोश लुइँटेलले बताए । त्यहाँ मोरङका विभिन्न आठ विद्यालयका परीक्षा केन्द्र कायम छ ।

त्यहाँ २९१ विद्यार्थी परीक्षामा सामेल थिए । “आज पाँचौँ दिन सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी भेटिएको छ,” प्रधानाध्यापक लुइँटेलले भने ।

प्रवेशपत्रमा टाँसिएको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्ममिति सोधेर केरकार गर्दा नक्कली परीक्षार्थीबारे खुलासा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array