सुन एकै दिन तोलामा २ हजारले बढयो, हालसम्मकै महँगो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं -सुनको कारोबार मूल्य बुधबार तोलाको १ लाख ११ हजार रुपैयाँ पुगेको छ। लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनचाँदी नेपाली बजारका लागि हालसम्मकै महँगो भएको हो।

अघिल्लो दिन कायम मूल्यमा २ हजारको बढोत्तरी हुँदा सुन आजको मूल्यमा आइपुगेको हो। मंगलबार तोलाको १ लाख ९ हजार रुपैयाँ थियो भने साताको पहिलो दिन १ लाख ८ हजार ६ सय थियो। चैत लागेयता सुन तोलाको १ लाख ५ हजार ७ सयभन्दा तल गएको छैन।

- Advertisement -
Ad imageAd image

चाँदी पनि बढेको छ। अघिल्लो दिनको भन्दा ४० रुपैयाँ बढेर बुधबार तोलाको १४ सय ४० भएको छ। गत आइतबार १४ सय १० थियो भने सोमबार सामान्य गिरावटपछि तोलाको १३ सय ९० भएको थियो।


गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्